तिनचुलीमा सिद्धार्थ बैंकको नयाँ शाखा

अर्थ/वाणिज्य

9/20/2020

काठमाडौं, ४ असोज । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको तिनचुलीमा नयाँ शाखा सञ्चालन गरेको छ ।

बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तनीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

सोही बैंकले सजिलो बैंकिङ सेवा ९ शाखारहित बैंकिङ, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा दिएको जनाएको छ । त्यस्तै रेमिट्यान्स सेवा, एटिएम कार्ड, ४ सय ५० भन्दा बढी व्यावसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ