काठमाडौं, १९ कार्तिक । दराजको वार्षिक ११.११ सेल यस कात्तिक २६ मा आयोजना गर्ने भएको छ ।
यसका लागि आवश्यक तयारी पूरा गरेको जनाइएको छ । यो सेलमा मेगाडिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरीलगायत सुविधा छन् ।
साथै दराजको यो सेलमा ग्राहकले पाँच लाखभन्दा बढी उत्पादनमा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सामान अर्डर गर्दा २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्नेछन् ।
दराज ११.११ सेलमा दराज वन रुपैयाँ गेम, एड टु कार्ड एन्ड विन मिसन ११.११ र डीएफजी लुडोजस्ता प्रतियोगिता पनि छन् ।
लुडो प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार रुपैयाँ छ । साथै यो सेलमा सपिङ गर्दा ‘टीभीएस अपाचे आरआर ३१०’ जित्न सक्ने अवसर पनि छ ।
तपाईको प्रतिक्रिया