नेपालले भारतबाट ५० हजार टन मल किन्ने

अर्थ/वाणिज्य

6/16/2019

काठमाडौं, १ असार । सरकारले भारतीय सरकारसँग ‘जिटुजी’ गरेर ५० हजार टन रासायनिक मल खरिद गर्ने भएको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले भारतसँग जिटुजी गरेर रासायनिक मल खरिद गर्न कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुमति दिएको हो ।

यो अनुमतिपछि भारतका सरकारी कम्पनीबाट ५० हजार मेट्रिक टन रासायनिक मल किन्ने तयारी मन्त्रालयले गरेको हो ।

कृषि मन्त्री चक्रपाणि खनालका अनुसार दुई सरकारबीच सम्झौता गरेर मल ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । नेपालले जिटुजीबाट मल खरिद गर्न लागेको पहिलोपटक हो ।

सरकारले सहजीकरण गरे पनि कृषि सामग्री कम्पनीमार्फत खरिद प्रक्रिया अघि बढ्छ । मन्त्री खनालले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएका बेला भारतका समकक्षी नरेन्द्र मोदीलाई अनुरोध गरेर यो प्रक्रिया अघि बढाएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ