काठमाडौं, ६ फागुन । नेपाल टेलिकमको दूरसञ्चार कम्पनीले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ ।
हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन् ।
पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय समेत बन्दै गएका छन् । तपाईं आफ्नो आवश्यकता अनुसार उपयुक्त प्याक खरिद गर्न सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया