नेपाल पैसा पठाउँदा इन्द्रराजले जिते दुई गुणा बढी रकम

अर्थ/वाणिज्य

11/13/2019

काठमाडौं, २७ कार्तिक । दसैँमा आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौँ हप्ताको विजेता इन्द्रराज शेरचन घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विजेता घोषित भएका हुन् ।

सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । वहाँले युके स्थित रिया मनि ट्रान्सफर मार्फत रु ५०,१३७र( नेपालमा पैसा पठाएका थिए र जसको दुई गुणा हुन आउने रकम रु १००,२७४र( जितेका छन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी हुन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको थियो । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ