काठमाडौं,२४ भाद्र । नेपाल बंलादेश बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ५८ करोड खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासमा ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १६ करोड ६५ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ८४ करोड खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८१ प्रतिशत कर्जा निष्क्रय रहेको छ भने वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ । उक्त बैंकले अघिल्लो आवको सोही अवधिमा भने ५६ अर्ब २२ करोड ८८ लाख १९ हजार रुपैयाँ निक्षे संकलन गरी ५२ अर्ब ५१ करोड ९१ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
उक्त अवधिमा दुई अर्ब १० करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
तपाईको प्रतिक्रिया