नबिल बैंक र दराज क्यामुबीच सम्झौता

अर्थ/वाणिज्य

11/25/2020

काठमाडौं, १० मंसिर । नबिल बैंक र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्‍याउने एक विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरुलाई ग्राहक समुदायसँग जोड्ने देशकै ठूलो अनलाइन स्टोर हो ।

नबिल बैंकका डेपुटी सीईओ, सुजितकुमार शाक्य र दराज क्यामुका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङले हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा नबिल बैंकका डेपुटि सीईओले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको बिकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न कार्यक्रममार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पुर्‍याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दराजसँग सहकार्य गरेका छौँ । हाम्रो विश्वास छ कि, यो वित्तीय कार्यक्रमले उनीहरुलाई कोभिड १९ को कारणले आइपरेका कठिनाइहरु पार गर्न मद्दत पुर्‍याउँछु र उनीहरुको व्यवसायलाई दीर्घकालिन स्थिरता र वृद्धिका लागि पुनर्जीवित गर्नेछ ।’

त्यस्तै, दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौं । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।”

आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ