काठमाडौं, २ माघ । नबिल बैंकले नेपालको विभिन्न स्थानमा थप २३ शाखा विस्तार गरेको छ । नेपालको विकसित, अर्धविकसित तथा ग्रामीण स्थानहरूमा समेत आफ्नो उपस्थितिलाई बलियो बनाउन नयाँ स्थानमा शाखा सञ्जाल विस्तार गरिएको बैंकले जनाएको छ ।
बैंकको शाखाहरुमा प्रदेश १ को माइनरुवा, बिराटचोक, दुहबी, हिले, उर्लाबारी र गाईघाटमा शाखा विस्तार गरेको छ । त्यस्तै प्रदेश २ को मिर्चैया, गोलबजार, सिराहा र चन्द्रपुरमा, प्रदेश ३ को कमलविनायक, हात्तीगौँडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
प्रदेश ४ को गैँडाकोट, दलदले र कावसोती, प्रदेश ५ को चन्द्रौटा, बर्दघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू छन् ।
साथसाथै बैंकले देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।
तपाईको प्रतिक्रिया