प्राइम कमर्सियल बैंक शाखा संचालन बझाङको खप्तडछान्ना गाँउपालिकामा

अर्थ/वाणिज्य

1/14/2019

काठमाडौं, ३० पुस । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बीच खप्तडछान्ना गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको समुदघाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ