रुपन्देही, १३ माघ । प्रभु बैंकले आफ्नो धकधइमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ स्थित २०५औं शाखा सञ्चालनमा ल्याएको छ ।
सो उद्घाटन गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गरेका हुन् । बैंकको धकधइमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा कार्यलय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
तपाईको प्रतिक्रिया