पवन मिठाई भण्डारमा कुमारी बैंकका ग्राहकलाई ५% छुट

अर्थ/वाणिज्य

11/4/2020

काठमाडौं, २० कात्तिक । कुमारी बैंकका ग्राहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसलका खाद्यवस्तु किन्दा ५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका हनुसार ग्राहकले गुणस्तरीय मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी हर्षोल्लासका साथ तिहार मनाउन सकून् भन्ने अभिप्रायले बुटवलस्थित पवन मिष्ठान भण्डारसँग उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरे ।

बैंकले देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ