काठमाडौं, ३१ भाद्र । बैंक अफ काठमान्डुले आफ्नो ग्राहकलाई घरायसी उपकरणको खरिदमा शून्य प्रतिशत किस्ताबन्दी योजना ल्याएको छ ।
उक्त बैंकले नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै क्रेडिट कार्डवाहकका लागि यो योजना ल्याएको हो । बैंकका ग्राहकले सीजी, एलजी, गोदरेज, टीसीएल, इलिका, केन्ट र ब्ल्याक एन्ड डेकोर कम्पनीका घरायसी विद्युतीय उपकरण सरल किस्ताबन्दीमा किन्न सक्छन् ।
यो योजनाबाट बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा कुनै ब्याज नलाग्ने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया