रुपन्देही, ३० फागुन । मेगा बैंकले रुपन्देहीको बुटबलमा नवनिर्मित भवनको उद्घाटन गरेको छ । भवन उद्घाटनको अवसरमा बिहिबार मिलनचोकस्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल संचालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो ।
यस अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिमित्त भवनबाटै संचालन गरिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार एक समारोहबीच भवनको उद्घाटन गरे । बैंकले आफ्नै भवनबाट संचालन हुने गरी प्रादेशिक कार्यालयका लागि प्रदेश ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्रीले धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया