रुपन्देही, २६ भाद्र । बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा आउदो असोज अन्तिम साता दशैं सस्तो बजार आयोजना गर्ने भएको छ । संघकोे बसेको बैठकले असोज २४ गतेदेखि २८ गतेसम्म दशैं सस्तो बजार आयोजना गर्ने निणर्य गरेको हो ।
उपभोक्तालाई चाडबर्षका बेला सस्तो समान र नयाँ नोटउपलब्ध गराउने उदेश्यले प्रतेक बर्ष दशैबजार संञ्चालन गर्देआएको उद्योग बाणिज्यसंघले जनाएको छ ।
दशै बजारमा दैनिक उपभोग्य वस्तु सहित पर्वका आवश्यक बस्तुह रुबिक्रिकालागि राखिने बुटबल उद्योग बाणिज्यसंघका अध्यक्ष खिमबहादुर महालले बताए । दशै बजार व्यवस्थापन र तयारीका कार्यसमिति सदस्य नरीश्वर शर्मा पौडेललाई जिम्मेवारी दिएको छ ।
साथै बुटवल बजार क्षेत्रमा साप्ताहिक रुपमा सोमवार र शनिवार बन्द हुदै आएका पसललाई मुख्य चाडमा खुल्ला राख्ने निणर्य गरेको छ । संघले असोज १ गतेदेखि छठ पर्व नसकिदासम्म साप्ताहिक रुपमा सोमवार र शनिवार बन्द हुने पसललाइै खुल्ला राखि सर्वसाधारण उपभोक्तालाई सेवा प्रवाह गर्न सवै व्यवसायीहरुलाई आग्रह गरेको संघका अध्यक्ष हमालले बताए ।
तपाईको प्रतिक्रिया