काठमाडौं, २६ भाद्र । नबिल बैंकले बिना व्याज साइकल किन्न लोन दिने भएको छ । पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्यप्रति धेरै चेतनशील भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिए ।
यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड लिएको हुनुपर्ने जानकारी समेत बैंकले दिएको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन ।
‘२ लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा दुई लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नुहुनेछ,’ बैंकका सूचना अधिकारी त्रिपाठीले भने । उनकाअनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ ।
बैंकले यो योजनाको लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ । योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने विश्वास समेत बैंकले लिएको छ ।
तपाईको प्रतिक्रिया