एनआईसी एसिया ग्रोथ फण्ड र ब्यालेन्स फण्डद्वारा लाभांश घोषणा

अर्थ/वाणिज्य

8/12/2020

काडमाडौं, २८ साउन । एनआईसी एसिया बैंकद्वारा दुबै ग्रोथ फण्ड र ब्यालेन्स फण्ड लाभांश घोषणा गरेको छ । उक्त फण्डले एकाइधनीहरुलाई करसहित १२% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।


सो अनुसार क्यापिटल अन्तर्गतको दोस्रो योजना एनआईसी एसिया ब्यालेन्स्ड फण्डका एकाइधनीहरुलाई पनि करसहित ८% दरले लाभांश वितरण गर्ने संस्थाले जनाएको छ । कम्पनको साउन २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६र७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डबाट १० करोड २ लाख २४ हजार रुपैयाँ र एनआईसी एशिया ब्यालेन्सड फण्डबाट ६ करोड ४ लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत असार मसान्त सम्मको लेखापरीक्षण हुन बाँकी विवरण अनुसार एनआइसी एशिया ब्यालेन्सड फण्डको प्रतिएकाइ खुद मूल्य ११.०८ रुपैयाँ रहेको छ । यस्तै, एनआइसी एशिया ग्रोथ फण्डको ११.७५ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ