विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

अर्थ/वाणिज्य

2/25/2020

काठमाडौं, १४ फागुन । चर्चित हाँस्य कलाकार जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

मंगलबार बैंकले आयोजना गरेको एक कार्यक्रमका बीच कलाकार नेपाललाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरिएको हो ।

ब्रान्ड एम्बेस्डर नियुक्ति पाएसँगै कलाकार नेपालले बैंकले बजार प्रबद्र्धनका लागि काम गर्नेछन् ।

नेपाल चर्चित हास्य टेलिश्रृंखला जिरे खुर्सानी लगायतका टेलिसिरियल र ठुला पर्दाका चलचित्रबाट उदाएका कलाकार हुन् । उनले अहिले मुद्रेको कमेडी क्लब नामक आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ