डिशहोममा भोजपुरी च्यानल

अर्थ/वाणिज्य

2/27/2020

काठमाडौं, १५ फागुन । टिभी सेवा प्रदायक कम्पनी डिशहोमले भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ । नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागि राइम्स र जुनियर टिभी, घरमा नै बसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुभी जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेको छ ।

यसै क्रममा उसले भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको छ । भोजपुरी चलचित्र र गीतहरु प्रसारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने डिशहोमले जनाएको छ ।

साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ