भारतीय अस्पतालसँग सिद्धार्थ बैंकको सम्झौता

अर्थ/वाणिज्य

3/17/2019

काठमाडौं, ३ चैत । सिद्धार्थ बैंक लिमिटेड र भारतको मुम्बईस्थित नानावटी सुपर स्पेसियालिटी हस्पिटलबीच बैंकको डेबिट, क्रेडिट र मेडिकल कार्डबाहक ग्राहकलाई ५० प्रतिशतसम्म छुट दिनेसम्बनधी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक सुरेशराज महर्जन र हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुख सुनिल कपुरले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत सो हस्पिटलमा भुक्तानी गर्दा विशेष छुट पाउनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ