भारतले पाम आयलमा लगाएको बन्देज खोल्ने

अर्थ/वाणिज्य

2/10/2020

काठमाडौं, २७ माघ । भारतले पाम आयल आयातमा लगाइरहेको बन्देज खोल्ने संकेत गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत भारत पाम आयलको कच्चा पदार्थ आयातमा भन्सार महसुल ४४ प्रतिशत पु¥याएको हो ।

बन्देज लगाउनुअघि भारतमा कच्चा पाम आयलको भन्सार महसुल ३७.५ प्रतिशत थियो । नेपालले प्रशोधित तेल मात्र निर्यात गर्ने हो । गत पुस २३ मा भारतले प्रशोधित र कच्चा पाम आयल आयातमा बन्देज लगाएको थियो ।

कच्चा पदार्थ आयात खुलाएपछि मुलुकमा पाम आयलको उत्पादनले निरन्तरता पाउने नेपालको अपेक्षा छ । यद्यपि, प्रशोधित पाम आयलको विषयमा भारत सरकारले कुनै निर्णय गरेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ