मेगा बैंकद्वारा सहुलियत कर्जाको परामर्श सेवा

अर्थ/वाणिज्य

1/6/2021

काठमाडौं, २२ पुस । मेगा बैंक लिमिटेडले साना तथा मझौला उद्योगलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड, ज्वालमुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार मेगा क्यापिटलले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने भएको छ ।

आवश्यकता अनुसार बैंकले वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायत बैंकमा कर्जाको लागि आवश्यक कागजात तयार गरिदिने तथा आवश्यक प्रक्रियामा सहयोग गर्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ