काठमाडौं, १६ कार्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मेगाबैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्थाहुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खातालिङ्कगर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकमजम्मागर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
साथै, मेगा बैंकका सेवाग्राहीहरूले ‘आइएमई पे’ माउपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया