माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता

अर्थ/वाणिज्य

9/20/2020

काठमाडौं, ४ असोज । माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि.का १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउँदा कम सेवा शुल्क लाग्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ