यूनियन लाइफ इन्स्योरेन्सले ल्यायो ‘जीवन दीप’ बीमा योजना

अर्थ/वाणिज्य

9/9/2020

काठमाडौं, २४ भाद्र । कोरोना महामारीकै बीच यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना ल्याएको छ । यूनियन लाइफले बुधबार जीवन दीप बीमाअन्तर्गत नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कम्पनीले न्यून बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नविनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याइएको र यसबाट बृहद लाभ लिन सकिने योजना ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले ‘जीवन दीप’ बीमा योजना नवीन विशेषता भएको, न्यून शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्नेछ ।

उक्त बीमा योजनाअन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारीरिक अशक्तता भएमा बीमालेखको अवधीसम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने ब्यवस्था रहेको सीईओ कर्णले जनाएका छन् ।

व्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम तीन लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ ।

उक्त बीमा योजना १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुले ५ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि लिन पाउने व्यवस्था गरिएको छ । वार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुका लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ