राहत कोषमा मेगा बैंकको ५ लाख र गण्डकी विकास बैंकको ४ लाख सहयोग

अर्थ/वाणिज्य

4/3/2020

जनकपुरधाम, २१ चैत । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेगा बैंकले पाँच लाख र गण्डकी विकास बैंकले ४ लाख रुपैया सहयोग गरेको छ ।

मेगाा बैंक र गण्डकी विकास बैंकका प्रदेश कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि कोषमा कुमारी बैंक, माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरिसकेका छन् ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ