विशाल अग्रवाल बने प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष

अर्थ/वाणिज्य

9/17/2020

काठमाडौं, १ असोज । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् ।

भदौ २८ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अग्रवालले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष अग्रवाल व्यावसायिक घराना विशाल ग्रुपसँग सम्बन्धित छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ