काठमाडौं, २ असोज । सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.लि. ले आउँदै गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशैं तिहार अफर प्रारम्भ गरेको छ ।
चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनिमोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,०००। नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।
हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशैं तिहार अफरको फाईदा लिन आह्वान गरेको छ ।
सुजुकी दशैं तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त रहेको जनाएको छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकवर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरु थप उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउँछन् ।
तपाईको प्रतिक्रिया