काठमाडौं, ८ बैशाख । सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भि.जी.अटो मोबाईल्स प्रा.लि.ले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यहि बैशाख ९ गतेदेखि १५ गतेसम्म नेपाल अधिराज्यभर यस प्रा.ली.को आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेन्ज मेला सुरु गरेकोे छ ।
यस योजनाअन्तर्गत कुनैपनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरि सुजुकीको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिनेछ । यसअन्तर्गत गुडदै नगुड्ने मोटरसाइकल वा स्कुटरलाई न्यूनतम रु. ३०,०००/– तथा चालु अवस्थामा रहेका मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यभन्दा थप रु. १५,०००/– प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय यूवा पुस्ता आकर्षित भइरहेको सुजुकी मोटरसाइकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाइकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
थप जानकारीका लागि कम्पनीको आधिकारिक नं ०१४२३३२७९ वा ९८०१३४४२४८/२४३/२४१/३०७/३१४ मा सम्पर्क गर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया