काठमाडौं, ६ फागुन । सेञ्चुरी कमर्सियल बैंक र हेटौंडा –४, मकवानपुर स्थित होटेल सामना र हेटौडा–१०, मकवानपुर स्थित होटेल सुर्यान्सबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवा सुविधामा १५% छुट पाउनेछन् भने होटेल सुर्यान्सको सेवा सुविधामा २०% छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकका हेटौंडा शाखा प्रबन्ध निर्देशक सुहित शाक्य र होटल प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेको उक्त बैंकले जनाएको छ । सूर्यान्ससँगको सम्झौतापत्रमा शाक्य र होटलका अवरेसन प्रबन्धक नकुल गिरीले हस्ताक्षर गरेको बैंकले उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया