काठमाडौं, १८ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहक ग्राहकरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीपत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका तर्फबाट सेल्स एण्ड मार्के्टिङ्गका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यबाट भारतमा स्वास्थ्यउपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौरलगायतकामेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् ।
तपाईको प्रतिक्रिया