सिद्धार्थ इन्स्योरेन्स र रोटरीबीच सम्झौता

अर्थ/वाणिज्य

2/17/2020

काठमाडौं, ६ फागुन । सिद्धार्थ इन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिटबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्धार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बिमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।

सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ