काठमाडौं, २ असोज । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा नयाँ शाखा खोलेको छ ।
उक्त बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरी सेवा विस्तार गरेको हो । ताप्लेजुङ जिल्ला, फुङलिङ ५ मा स्थापित शाखा उद्घाटन नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका हुन् ।
यसैगरी बाँकेको कोहलपुर ११, एनटीभी रोडमा स्थापित नयाँ शाखाको उद्घाटन नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरे ।
सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया