काठमाडौं, ७ फागुन । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।
यस योजनाअन्तर्गत विवाहित दम्पतीले खाता खोलि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् र महिला ग्राहकले १०० रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि प्राप्त गर्नेछन् ।
बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजना फागुन ७ देखि ११ सम्मका लागि लागू गरिएको छ ।
तपाईको प्रतिक्रिया