सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा विशेष छुट

अर्थ/वाणिज्य

2/4/2020

काठमाडौं, २२ माघ । सनराइज बैंकले ग्राहकलाई अन्नपूर्ण होटल क्षेत्रमा विभिन्न छुट दिने सम्झौता गरेको छ ।

उक्त बैंक र होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको सेवा तथा सुविधा प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहकहरुले काठमाडौँ को दरबारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज, तथा पोखरा स्थित फिस्टेल लजमा फुड, बेभरेज र बेकरी आइटम जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशत सम्मको छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ