काठमाडौं, ३२ साउन । सनराइज बैंक लिमिटेडले कोरोना कोषमा सहयोग गरेको छ । बैंकले नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ बराबरको रकम सहयोग गरेको हो । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम हस्तान्तरण गरेको हो ।
उक्त बैंकका सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले सहयोग रकमको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेकी थिइन । हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारइी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति रहेको थियो ।
प्रदान गरिएको रकमबाट कोरोना नियन्त्रण तथा उपचारका लागि सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
अर्थमन्त्री खतिवडाले बैंकलाई धन्यवाद दिँदै बैंकले प्रदान गरेको उक्त सहयोग कोरोना रोकथाम एवम नियन्त्रणको काममा सहयोग गर्ने बताए । बैंकले यसअघि पनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासँग लड्न पिपिई, मास्क, स्यानिटाइजर जस्ता सामाग्री हस्तान्तरण गरिसकेको जनाएको छ ।
तपाईको प्रतिक्रिया