सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य

अर्थ/वाणिज्य

12/23/2019


काठमाडौं, ७ पुस ।  आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक भिसा र युनियन—पे ब्राण्डहरुसँग सनराइज बैंकले सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ ।

बैंकले यसअघि नै भिसा तथा युनियन—पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना एटीएम र पोइन्ट अफ सेलमार्फत भिसा कार्डहरु स्वीकार गर्दै आएको थियो । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथ बैंकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्डमार्फत पैसा निकाल्न झनै सजिलो भएको छ ।

अधिकांश युरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने एटीएमहरु नेपालमा न्युन रहेका छन् । बैंकको यो सेवाले पर्यटकहरुलाई एटीएममार्फत पैसा निकाल्न सहज हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ