काठमाडौं, ११ मंसिर । सिभिल बैंकले बुधबार आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त बैंकले वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्वका लागि ‘म एउटा जिम्मेवार सिभिलियन’ नारासहित विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो ।
कोभिड–१९ सङ्क्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दानमा सहयोग गर्ने प्रतिबद्धता, ‘हाम्रो टिम नेपाल’ सँग सहकार्य गरी कोरोनाका कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निः शुल्क १० छाक खानाको आयोजना र मातातीर्थ वृद्धाश्रमलाई तीन महिना पुग्ने चामल हस्तान्तरणसमेत गरिएको बैंकले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया