हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा

अर्थ/वाणिज्य

9/17/2020

काठमाडौं, २ असोज । नेपालको लागिहुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्वारा सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सबभन्दा मनपर्ने र प्रशंसा गरिएको कारमध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा ड्युल भीटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पीएस÷६००० आरपीएम सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रान्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले ५–स्पीड म्यानुअल र स्मार्ट अटो एएमटी दुबै किसिमको ट्रान्समिशनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लोसी ब्ल्याक रेडिएटर ग्रील, बूमरंग आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च एलोय व्हील्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध रहेको जनाइएको छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभईस्मार्ट साधन पनि हो । एप्पल कारप्ले, एन्ड्रोइडअटो र बेस्ट–इन–सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधायुक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।

सुरक्षित यात्राको निम्ती भनेहुन्डाईले नियोसमा स्ट्रङ बडी स्ट्रक्चर ६५% (एएचएसएस+एचएसएस), फ्रन्ट ड्युल एयरब्याग्स, सेन्सर भएको रेयर पार्किङ्ग क्यामेरा, इबिडीका साथ एन्टी–लक ब्रेकिङ सिस्टम र ड्राइभर रेयर भ्यू मोनिटर प्रस्तुत गरेको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुट्टै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य रु ३०,९६,००० कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडांै ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ