ग्लोबल आइएमईको ड्राईभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा 

अर्थ/वाणिज्य

काठमाडौं, १० भाद्र । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस(ड्राईभ उत्सव योजनाअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतीय सवारीकर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अबधिको लागिजुनसुकैनिजी सवारी कर्जा प्राप्तगर्न सक्नेछन् । 

यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रकृया पूरा भएको २कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । 

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।

हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ