अशोक लेलैण्ड दशैँ तिहारको “दशै तिहारको पक्क उपहार”

अर्थ/वाणिज्य

काठमाडौं, ६ असोज । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ ।

जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । 

यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानी छानी लान सक्नेछन् ।

अफरअन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थपक्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नुहुनेछन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ