ग्लोबल आइएमई बैंकको २८७औँ शाखा संखुवासभाको खाँदबारीमा

अर्थ/वाणिज्य

काठमाडौं, ३ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ