गुडविल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य

काठमाडौं, २९ पुस । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ आंै वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतिय माध्यमबाट जुम मिटिङ्गमार्फत सम्पन्न भएको छ । 

उक्त वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःज्यू आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८४५ले वृद्धि गरी रु १०,०९,३९,८४,९९७ तथा कर्जा तर्फ १५.६८५ ले वृद्धि गरी रु. ७,९१,३३,८९,६८० पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकाश साखःले प्रस्तुत गरेको आ.ब.२०७७/०७८ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ९.१% बोनस शेयर तथा ३.९% नगद लाभांश गरि जम्मा १३ % वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । 

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराए ।  

जुम मिटिङ्गमार्फत सम्पन्न भएको साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्न सकियोस भनि शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ