लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

अर्थ/वाणिज्य

काठमाडौं, १७ चैत । लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।

सो सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने लक्ष्मी बैंकले विश्वास लिएको छ ।

साथै यो सम्झौताले दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा समेत बैंकले गरेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ