सूर्या लाइफ इन्स्योरेन्सको बागमति प्रदेशस्तरीय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न

अर्थ/वाणिज्य

काठमाडौं, ३१ जेठ । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेशस्तरीय बिजनेस बिल्डिङ्ग सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेको छ ।

बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटालगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ्गको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमति प्रदेशका अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।

कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेशअन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम् बीमा शुल्क हासिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

साथै देशैभरिबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो ।

लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी”अभियान सुरु गरेको छ ।

जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामनासहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

.उक्त भव्य समारोहमा विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चिनो र पुरस्कार वितरण गरेका थिए ।
बागमति प्रदेश प्रमुख शुशिल चापागाईं, वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तालिमहरु दिएका थिए ।
प्रमुख कार्यकारी अधिकृत खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।
उक्त कार्यक्रमबाट आफुले गरिरहेको भन्दा पृथक मार्केटिङ्ग टेक्निक र ज्ञान हासिल गरेको र यसले आगामी दिनमा व्यवसाय बृद्धिको लागि थप उर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरुले बताए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ