Toffichoo Tadka Litchi बजारमा

अर्थ/वाणिज्य

काठमाडौं, ८ मंसिर । Toffichoo Tadka Litchi बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ Tadka Litchi टेष्टको नयाँ टिव्स्ट को नारा सहित बजारमा सार्वजनिक गरेको छ ।

Tadka Litchi मा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।

Toffichoo Tadka Litchi को विक्री मूल्य प्रति गोटा रु. २.५० कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

Toffichoo Tadka आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।

Toffichoo Tadka Litchi नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् । Toffichoo का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् ।

हाल Toffichoo अन्तर्गत Fruitee Fun, Fruity Delite, Duoz, Crème Lacto, Tadka (आँप तथा पाइनएप्पल), Chatpata Fun तथा Cofitino बजारमा उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ