बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा उप–निर्देशक भट्ट

अर्थ/वाणिज्य

काठमाडौं, २९ मंसिर । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा उप निर्देशक विरोध भट्टलाई तोकिएको छ ।

बीमा प्राधिकरणले बीमा ऐन २०७९ अनुसार गुनासो सुन्ने अधिकारीको रुपमा उप निर्देशक भट्टलाई तोकिएको जनाएको छ ।

त्यस्तै, उप निर्देशक भट्टसँगै सहायक निर्देशक रञ्जिता केसीलाई बैकल्पिक गुनासो सुन्ने अधिकारीको रुपमा तोकेको आज प्रकाशिच सूचनामा जनाइएको छ । दुवै जना कानुन विभागका कर्मचारीहरु हुन् ।

बीमा प्राधिकरणको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नै भट्टलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी तोकेको हो । उनले बीमितका गुनासाका अतिक्ति बीमा अभिकर्ता तथा सर्भेयरका गुनासोहरु सम्बोधन गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ