काठमाडौं, ३० फागुन । लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो ।
लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक वितरक भै कार्य गरिआएको छ । लक्ष्मी ग्रुपअन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ ।
यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ ।
एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ ।
मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् ।
लक्ष्मी कमर्शियल भेहिकलस प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरु मार्फत बिक्री पछिको मर्मत सम्भार तथा स्पेयर पार्टसको सुविधा दिदै आएको छ ।
यसै क्रममा आफ्ना ग्राहकहरुलाई थप सुविधा दिनको लागि एसएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प काठमाण्डौको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरमा सञ्चालन गर्दैछ ।
यो सर्भिस क्याम्प यहि फाल्गुन २९ गते देखि चैत्र ४ गते सम्म जम्मा ६ दिन सम्म सञ्चालन हुने छ । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले निम्नानुसारका सेवा तथा सुविधा पाउने छन् :
सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुको लागि बिशेष किसिमको तालिमको पनि ब्यवस्था गरेको छ । गाडीहरुमा भएको परिवर्तन र सञ्चालन बिधि सम्बन्धी तालिम सञ्चालन गरिने छ ।
यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर बिभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफना ग्राहकहरुलाई लक्ष्मी कमर्शियल भेहिकलस्ले अनुरोध गरको छ ।
तपाईको प्रतिक्रिया