काठमाडौं, २३ चैत । कोमाकी इभीले ‘उमेरको आधा अफर – उमेरको आधा जति पाउनुहोस् हजारमा डिस्काउन्ट त्यति’ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बर्ष वि.सं. २०८० को अवसरमा यस्तो अफर ल्याएको हो ।
सो अफर अन्तर्गत कुनै पनि कोमाकी इभीको खरिदमा तपाईंको उमेर भन्दा ठ्याक्कै आधा बराबरको डिस्काउन्ट पाउन सकिनेछ ।
अर्थात २० हजार रुपैयाँको फ्ल्याट छुट (जुनको रकम बढी हुनेछ, त्यही लागू हुने गरि) एक्सचेन्ज मूल्याङ्कनमा अतिरिक्त २० हजार रुपैयाँ र ४० प्रतिशत डाउनपेमेन्टमा २ वर्षसम्मको इ.एम.आइ्. पाउन सकिने कम्पनीले जनाएको छ ।
अफरको फाइदा उठाउदै नजिकैको कोमाकी सोरुम गई फ्री–टेस्ट राइड लिई कोमाकी स्कुटर खरिद गर्न कम्पनीले आग्रह गरेको छ । उक्त अफर आगामी बैशाख ३१ गतेसम्म मात्रै लागू हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया