काठमाडौं, १४ जेठ । नेपाल स्वदेशी सिमेन्टमा उत्पादनबाट आत्मनिर्भर भइसकेको छ । ४५ वर्ष अघि(सन १९७५) चोभारको हिमाल सिमेन्ट कारखानाबाट सुरु भएको उद्योग आज देशभर दर्ता भएको १२४ उद्योग मध्य ७२ वटा प्लान्ट सहित कुल दुई खर्वको लगानी र बार्षिक दुई करोड टन उत्पादन क्षमता विस्तार भएको छ ।
ठूला २१ उद्योगले मात्र देशको ४६ स्थानबाट १२ लाख टन चुन ढुङगा उत्खनन गर्दछ । एक सर्वेक्षणका अनुसार नेपालमा १०० वर्षलाई पुग्ने चुनढुङ्गा खानी रहेको दावा गरिएको छ ।
नेपालको प्रतिव्यक्ति सिमेन्ट उपभोग दर ३०३ किलो रहेको छ (भारतको १९५ किलो, चिनको १७१६ किलो, भुटानको ७३४ किलो) जस अनुसार सन् २०२५ सम्ममा नेपालको आन्तरिक माग २.५८ करोड टन पुग्ने अनुमान गरिएको छ । गत आठ वर्षमा १५० अर्वको कारोबार भएको यस उद्योगले जम्मा २.८४ अर्ब मात्र राजश्वमा सहयोग गरेको छ ।
यसरी एकातिर यो उद्योग अत्याधिक र यसका मालिकहरुको नाफा फस्टाउँदो छ भने अर्को तर्फ यसले गरिब जनताहरुलाई नयाँ संकटमा फसाएको छ । प्राकृतिक श्रोतको अत्याधिक दोहन, बस्ती विस्थापन, कामदार तथा स्थानीयको सुरक्षा साथै माटो, वायु र जल प्रदुषण लगायतले नयाँ बहस सृजना गरेको छ ।
चुरेको कमजोर पहाडहरु उत्खननका कारण भुक्षय बढेको छ भने सन् २०२१ मा नेपाल राष्ट्र वैकले गरेको सर्वेक्षणमा ९२ प्रतिशत स्थानीय समुदायले सिमेन्ट उद्योगका कारण जल, वायु, माटो र ध्वनी प्रदुषण अत्याधिक मात्रामा बढेको कारण उनीहरुको जीवनयापनमा ठूलो संकट खडा भएको बताएका छन् ।
यसले नेपालले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्य बनाउने भनि गरेको प्रतिवद्धता विपरित कार्वन फुटप्रिन्टलाई बढावा दिएको छ । यसरी एकातिर अत्याधिक वातावरणीय क्षति पुर्याइरहेको यो उद्योगले अर्कोतर्फ अत्यन्तै न्यून रोयल्टी तिर्दछ ।
नेपालमा एक टन चुनढुङ्गाको रु.६० रोयल्टी पर्दछ जबकी भरतमा सोही मुल्य रु.१४० रहेको छ तर भारतको तुलनामा प्रतिबोरा सिमेन्ट दोब्बर रहेको छ (प्रति बोरा सिमेन्ट नेरुमाः भारतमा ४५०, चिनमा ३५०, बंगलादेशमा ३००, पाकिस्तानमा ३५० र नेपालमा ७५०) ।
प्रत्यक्ष वैदेशिक लगानी
यस्तो सस्तो कर तथा उच्च नाफा हुने क्षेत्रमा लगानी गर्नेहरु मध्ये हाल चीनका दुई ठूला कम्पनीहरु होङ्सी र ह्वासिन अग्र स्थानमा देखिन्छ । सन २०१५ मा स्थापित होङ्सी सिमेन्टले कुल ३५० मिलियन डलर लगानी गरेको छ ।
गोलम्यान स्याकको २५ प्रतिशत स्वामित्व रहेको होङ्सि सिमेन्ट(अर्थात हङ्कङ रेडरायन सिमेन्ट) ले नेपाल बाहेक चीन र लावसमा पनि लगानी गरेको छ । २० लाख टन क्लिंकर र २३ लाख टन सिमेन्ट उत्पादनको बार्षिक क्षमता भयको यस उद्योगले नवरपरासीको बेनी मनिपुर गाउँपालिका सर्दिमा उद्योग स्थापना गरेको छ ।
सन् २०२२ मा कुल १७ अर्ब ४ करोड र सन् २०२१ मा १७ अर्ब ४५ करोड आम्दानी गरेको कप्पनीको क्लिंकर व्यापारको ४७ प्रतिशत र सिमेन्टको ५३ प्रतिशत हिस्सा रहेको छ । कुल सिमेन्ट उद्योग मध्ये २० वटा उद्योगले क्लिंकर उत्पादन गर्दछ जसमध्ये सिमेन्ट र क्लिंकरको सबै भन्दा ठूलो होङ्सि सिमेन्ट हो ।
होङसी सिमेन्ट
नेपालमा सिवम् सिमेन्ट र यसका प्रमोटरहरु विश्वनाथ गोयल र विजय दुगरसंग मिलेर स्थापना भएको होङ्सी सिमेन्टले हाल अम्बुजा ग्रुप अन्तर्गको दाङ सिमेन्ट पनि खरिद गरिसकेको छ । सिवम् सिमेन्टको स्थानीय शारदा ग्रुपका शिव रत्न शारदाको ३० प्रतिशत र हङ्कङ रेडलायनको ७० प्रतिशत लगानी भएको यो कम्पनीले दाङ सिमेन्ट १५ अर्वमा खरिद गरेको हो जसमा होङ्सि सिमेन्टको ८५ प्रतिशत र सिवम्को १५ प्रतिशत लगानी रहको छ ।
स्थापना भएको दुई वर्ष पछि सन् २०१७ मात्र प्रारम्भिक वातावरणीय मुल्याङ्कन स्विकृत लिएदेखि नै विवादास्पद होङ्सी सिमेन्टमा पछि कामदारको मृत्युदेखि दाङ र पाल्पाका स्थानीय समुदायले वातावरण प्रदुषित भएकोमा व्यापक विरोध प्रदर्शनी, मकवानपुरका स्थानियहरुले सिवम विरुद्ध गरेको प्रर्दशनी तथा ट्रकमा भएको शंकास्पद आगलागी आदिले अन्य तथ्यहरु पनि बाहिर ल्याएको छ ।
नियमनकारी नेपाल गुणस्तर तथा नापतौल विभागले आवश्यकभन्दा ज्यादा ५ प्रतिशत म्याग्नेसियम अक्साइड प्रयोग गरेर गुण्स्तरमा खेलवाड गरेको दावासहित कारवाहीको प्रकृया अगाडी बढाएको छ ।
आगलागी आदिले अन्य तथ्यहरु पनि बाहिर ल्याएको छ । नियमनकारी नेपाल गुणस्तर तथा नापतौल विभागले आवश्यक भन्दा ज्यादा ५ प्रतिशत म्याग्नेसियम अक्साइड प्रयोग गरेर गुण्स्तरमा खेलवाड गरेको दावा सहित कारवाहीको प्रकृया अगाडी बढाएको छ ।
होङिस सिमेन्टको काण्डैकाण्ड
दैनिक ६ हजार मेट्रिकटन उत्पादन गरिरहेको र १२ हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले नेपाली बजारमा थरिथरिका काण्डहरु मच्चाउदै आइरहेको छ । बजारमा एकाधिकार कायम गर्ने तथा अन्य कम्पनीहरुलाई टाट पल्टाउने उद्देश्य राखेर मुल्य घटाउने कार्यले यतिसम्म विवाद निम्तायो कि आफ् नै सेयरधनी सिवम सिमेन्ट समुहले वैठक बहिस्कार गर्यो ।
लगानीकर्ताहरुले चिनियाँ पक्षको एकपक्षीय र मनोमानी निर्णयका कारण संचालक समिति छाडेको छ । मुल्य बढाउनु पर्ने समयमा घटाएर विक्रि गरेका कारण कर्मचारीहरुलाई तलब दिन सकिरहेको छैन ।
बजारमा एकाधिकार लाद्ने एकातिर प्रयास गरिरहेको छ भने अर्को तर्फ आफ्नै कर्मचारीहरुलाई विगत ६ महिनादेखि तलब दिइहरहेको छैन । ट्रकका डाइभरहरुलाई पनि तलब भुक्तानी नगरेको त्यति समय भैसकेको कारण कर्मचारीहरु विरोधमा उत्रिएका छन् जबकी कम्पनीको प्रमुखदेखि सबै व्यवस्थापकिय प्रमुखहरु चिनियाँ मुलका छन् । कम्पनीका ५१९ जना कर्मचारीहरु मध्ये उच्च पदका ११८ जना चिनिया मुलका छन् भने ४०१ जना नेपाली मूलमा छन् ।
आर्थिक मन्दि तथा घरजग्गा कारोबारको व्यापक गिरावटका कारण निर्माण व्यवसाय यस बखत व्यापक गिरावटको अवस्थामा रहेको छ ।
स्थानिय तथा आदिवासीहरुको विरोध
स्थापनाको समयमा उद्योग तथा खानी वरपरको वातावरणिक स्वास्थ्यमा प्रतिकुल हुन नदिने, स्वास्थ्य, कृर्षि क्षेत्र तथा पर्यटन लगायतका क्षेत्रहरुमा आवश्यक लगानी गरि सुविधा दिने लगायतको विषयमा सहमती भएको भए पनि अहिले आयर त्यस प्रति उद्योगले कुनै सरोकार नराखेको तर प्रदुषणको मात्रा अत्याधिक रुपमा बढेको भन्दै स्थानिय तथा आदिवासीहरु विरोध गरिरहेका छन् ।
खानी भएको स्थानबाट विस्थापितहरुलाई उचित व्यवस्थापन गर्न नसकेको तथा सुकुम्बासीकरण गरेको भन्दै विरोध गरिरहेका छन ।
बैकहरुको लगानी धरापमा
यति ठूलो लगानी गर्नको लागी होङसी सिवम सिमेन्टले पाँचवटा बैकहरुबाट १४०.५ मिलियन डलर ऋण लिएको छ । एनएमवि बैकको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैक, प्रभु वैक, एभ्रेष्ट वैक र एसविआइ वैकको लगानी रहेको कम्पनीमा संकट आएसंगै आफ् नो लगानी कसरी सुरक्षा गर्ने भन्ने विषयमा व्यापक छलफल गरिरहेका छन । प्रतिकुल बन्दै गएको कम्पनीको हालत यदि बन्द हुने अवस्थामा पुगे बैकहरु डुब्ने स्थितीमा रहेको छ ।
क्लिंकरका कुरा
नेपालमा रहेकाहरु मध्ये १२/१३ सिमेन्ट उद्योगहरुले क्लिंकर उत्पादन गर्दछ जसको कुल क्षमता ३ हजार टन हो । भारतबाट ल्याउने क्लिंकरको ढुवानी भाडा मात्रै नेपाली उद्योगहरुबाट लिएको मुल्य भन्दा एक हजार बढी पर्ने दावा गरिन्छ । होङ् िस सिमेन्ट नेपालको सबै भन्दा ठूलो क्लिंकर उत्पादक हो ।
होङसीले नेपालका २९ सिमेन्ट उद्योगहरुलाई क्लिंकर विक्रि गर्दछ । तर पछिल्लो समय क्लिंकर आपुर्तिका लागी कन्भेयर वेल्ट निर्माणमा उद्योगलाई समस्या भएको छ । यसले होङ् िसमा निर्भर अन्य सिमेन्ट उद्योगलाई पनि समस्यामा पार्ने देखिन्छ ।
अन्तमा, आर्थिक वर्ष २०२०/२१ मा १ं.४(२४ प्रतिशत) अर्व खुद नाफा आफ् नो लगानी कर्तालाई बाडेको सिवम सिमेन्टले सरकारलाई जम्मा २.६ करोड रोयल्टी तिरेको थियो । यसरी सिमित नाफाखोर व्यापारीलाई पोसिरहेको होङ्सिले नेपाली सिमेन्ट बजारमा नयाँ संकट खडा गरेको छ ।
आफ् नै कर्मचारी र ट्रक डाइभरलाई ६ महिनासम्म पारिश्रमिक नदिने तथा बैकहरुलाई डुबाउने परिस्थितिमा पुर्याउने यस्ता उद्योगहरुलाई सरकारको व्यापक निगरानी आवश्यक छ । स्थानियहरुको व्यापक विरोधका बावजुत पनि प्रदुषणल नियन्त्रणलाई बेवास्ता गर्ने, स्विकृतभन्दा व्यापक प्राकृतिक श्रोतको दोहन गर्ने तथा मजदुरहरुको अधिकारलाई वेवास्ता गर्ने उद्योगहरुलाई सरकारले कारबाहीको दायरामा ल्याउन सके मात्र सरकार हुनुको आभास जनताले पाउने छ ।
तपाईको प्रतिक्रिया