काठमाडौं, ८ साउन । Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा.लि.ले सोमबार आफ्नो नयाँ Vespa/Aprilia को शोरुम र Vespa/Aprilia Indian, का Country Head भानु प्रकाश सुधबाट उद्घाटन गरिएको छ ।
Delta Autocorp Pvt. Ltd. का म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया र प्रा.लि. का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोको उपस्थितिमा कान्तिपथ शोरुम सञ्चालनमा ल्याएको हो ।
यसैगरी Delta Autocorp Pvt. Ltd. का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सरल गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन् ।
Delta Autocorp ले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिएको जानकारी यसै प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले गराएका हुन् ।
अन्ततः यसै Delta Autocorp को मार्केटिङका अनिष खड्काले आगामी दिनहरुमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्पहरु गराउने जानकारी गराएका छन् ।
यसका साथै, Delta Autocorp ले आफ्नो नयाँ शोरुमहरु काठमाडौ उपत्यकाको विभिन्न ठाउँहरुमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढी विभिन्न ठाउँहरुमा आफ्नो सेवा सुविधाहरु प्रदान गराउँदै आइरहेको जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया